काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्था दर्ता प्रक्रिया आजदेखि शुरु हुने भएको छ । सहकारी संस्थाको नियमनका लागि स्थापना भएको प्राधिकरणले संस्थालाई दर्ता हुन आह्वान गरेको हो ।

संस्था दर्ताका लागि प्राधिकरणले बुधबार अनलाइन पोर्टल सार्वजनिक गर्दैछ । प्रणाली सार्वजनिक भएपछि संस्थालाई दर्ताका लागि दिइएको अवधि गणना हुने बताइएको छ ।
प्राधिकरणले हालै जारी भएको मापदण्डमा विद्युतीय दर्ता प्रणाली जारी भएपछि मात्र म्याद गणना सुरु हुने उल्लेख छ । दर्ताका लागि ६० दिनको म्याद रहेको छ ।
२ करोडसम्म कुल सम्पत्ति भएका सहकारीले १ हजार, २ करोडभन्दा बढी १० करोडसम्म ३ हजार, १० करोडभन्दा बढी २५ करोडसम्म ५ हजार, २५ करोडभन्दा बढी ५० करोडसम्म ७ हजार, ५० करोडभन्दा बढी १ अर्बसम्म १० हजार र १ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारीले १५ हजार रुपैयाँ सञ्चालन इजाजत पत्र दस्तुर तिर्नुपर्ने प्रावधान ल्याइएको छ ।






समाचार