लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

चन्द्रपुर सुनचाँदी व्यवसायी संघको पाँचौँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न-फोटोफिचर

रौतहट । रौतहटको चन्द्रपुर सुनचाँदी व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम चन्द्रपुरमा भव्य रूपमा सम्पन्न भएको छ।
आज मंगलबार चन्द्रनिगाहपुरमा भएको उक्त साधरण सभाको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले उदघाटन गर्नुभएको थियो ।

साधरणसभामा नगर प्रमुख काफ्लेले सुनचादी ब्यबसायले धेरै युवाहरुलाइ रोजगारी दिएको बताउनुभएको छ । सुनचादी ब्यबसायमा कार्यरत युवाहरुलाइ सो निमार्ण सम्बन्धी तालिम दिनको लागी नगरपालिले १० लाख रुपैया सहयोग गर्ने समेत नगर प्रमुख काफ्लेले बताउनुभएको छ । नगरप्रमुख काफ्लेले स्थानीय व्यवसाय प्रवद्र्धनका लागि नगरपालिकाले सहकार्य गर्दै आएको उल्लेख गर्दै सुनचाँदी व्यवसायीहरूको भूमिका अर्थतन्त्रका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाले पारदर्शी कारोबार र उपभोक्ता विश्वास कायम राख्दै अघि बढ्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।

यसैबिच सोही कार्यक्रममा चन्द्रनिगाहपुर सिटि जेसिसको नव निर्वाचित पदाधिकारीहरुलाइ सम्मान गरिएको छ । चन्द्रनिगाहपुर सिटि जेसिसका अध्यक्ष देबराज न्यौपाने लगायतको टिमलाइ चन्द्रपुर नगरपालिका नगर प्रमुख संजय कुमार काफ्ले,नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी सदस्य तथा चन्द्रपुर सुनचाँदी ब्यबसायी संघका संरक्षक प्रकाश गहतराज,अध्यक्ष प्रह्लाद रामुदामले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा चन्द्रपुर सुनचादी ब्यबसायी संघका संरक्षक प्रकाश गहतराजले सुनचादी ब्यबसायबाट धेरैले रोजगार पाएको बताउनुभयो । यस ब्यबसायमा कार्यरत युवाहरु बिस्तारै पलायन हुदैगएको प्रति संरक्षक गहतराजले चिन्ता ब्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कुमार कार्की,चन्द्रपुर उद्योग बाणिज्य संघका सचिब अबधेशहरी भट्टराई,चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त कुमार आचार्य,चन्द्रनिगाहपुर सिटि जेसीसका अध्यक्ष देबराज न्यौपाने,होटल ब्यबसायी संघ रौतहटका अध्यक्ष शिवराम राउत,पत्रकार सन्तोष काफ्ले लगायतले शुभकामना दिनुभएको थियो ।

संघका अध्यक्ष प्रह्लाद रामुदामले व्यवसायीहरूका समस्या, चुनौती र आगामी कार्ययोजनाबारे जानकारी गराउँदै संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकार फणि महतको उपचार सहयोग, इलाका प्रहरी कार्यालयको पुनर्निर्माण तथा चन्द्रपुरमा आयोजना गरिएको क्रिकेट प्रतियोगिता सफल बनाउन संघले सहयोग गरेको बताए।

संघले आर्थिक वर्षभित्र इलाका प्रहरी कार्यालय चन्द्रपुरसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सञ्चालन गरेको जनाएको छ। साथै होटल आरोहिसँग समन्वय गरी संघमा आवद्ध व्यवसायी तथा कालिगढहरूलाई विशेष छुटको व्यवस्था मिलाइएको छ।

त्यसैगरी चन्द्रपुर हस्पिटल प्रा.लि.सँग स्वास्थ्य उपचार खर्चमा १० देखि ३० प्रतिशतसम्म छुट, चन्द्रपुर एकेडेमी प्रा.लि.सँग भर्ना तथा मासिक शुल्कमा छुट, तथा एक्स्ट्रा भेराइटी डिपार्टमेन्ट स्टोरसँग आवश्यक सामग्री खरिदमा ५ प्रतिशतसम्म छुट दिने सम्झौता गरिएको संघले जनाएको छ।

कार्यक्रममा संघमा योगदान पुर्‍याएका व्यवसायी तथा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

साथै चन्द्रपुर सुनचाँदी व्यवसायी संघ र नेपाल बार एसोसिएसन रौतहटको सहकार्यमा कानुनी सचेतना तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरिएको थियो।

कार्यक्रममा चन्द्रपुर नगर क्षेत्रभरीका सुनचादी ब्यबसायीहरुको उपस्थीती रहेको थियो ।

 

 


प्रकाशित : २०८२ माघ १३, मंगलवार १२:५०

ताजा समाचार
  • खोज खबर बिसेष
    थप