काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २९०० रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३८६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज २९०० रुपैयाँले बढेर २४१५०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ५० रुपैयाँले बढेर प्रतितोला ३०६५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ’ अटो अपडेट “ हुन्छ । स्वर्णिम आवाज पेज मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ कार्तिक २४, सोमबार ०६:४३






समाचार