काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३९७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १४०० रुपैयाँले घटेर २३८३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ४५ रुपैयाँले घटेर प्रतितोला ३०१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ’ अटो अपडेट “ हुन्छ । स्वर्णिम आवाज पेज मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ कार्तिक १८, मंगलवार ०५:१२






समाचार