लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

महानिरीक्षक (एआईजी) विकलाई सुनचाँदी महासंघ द्वारा स्वागत तथा सम्मान

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर विकलाई स्वागत तथा सम्मान गरेको छ ।

महासंघका अध्यक्ष अर्जुन रसाईलीको नेतृत्वमा गएको टोलीले सोमबार नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा एआईजी विकलाई पुष्पगुच्छा अर्पण गर्दै स्वागत तथा सम्मान गरेका हो ।

एआईजी विकले यहि असोज २६ गतेदेखी नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग नक्सालमा पदभार ग्रहण गर्नुभएको थियो।  विक एआईजी भएपछि  महासंघका टोलीसँग आज पहिलो पटक भेटघाट गर्नुभएको छ ।

भेटमा व्यवसायीहरुले सुनचाँदी व्यवसायमा ठूलो लगानी भएकाले त्यसको सुरक्षाका लागि सरकारका निकायहरु सहयोगी बन्नुपर्नेमा जोड दिएका छन् । त्यसैगरी एआईजी विकले सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थापन चुस्त बनाउन आफू लागिपर्ने बताउनुभयो।

उक्त टोलीमा महासंघका अध्यक्ष रसाईलीसहित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका निवर्तमान अध्यक्ष तथा विशिष्ट सदस्य सुरेशमान श्रेष्ठ, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष रामजी साह, पदाधिकारी सदस्य प्रकाश गहतराज, केन्द्रीय सदस्य नरेन्द्र विश्वकर्मा, महानिर्देशक शिव दुवाडी, नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका वरिष्ठ उपाध्यक्ष उत्सव खाती वि.क र सल्लाहकार समेशर घामल्ले लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ कार्तिक १८, मंगलवार ०४:१८

ताजा समाचार
  • खोज खबर बिसेष
    थप