लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

बजारमा कच्चा सुनको अभाव भएको भन्दै आयातको कोटा बढ्यो, अव देनिक २५ केजी सुन आयत हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा वृद्धिगरी हालका लागि २५ केजी पु¥र्याएको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय ब्यवस्थापन विभागले शुक्रवार एकिकृत परिपत्र २०८१ संशोधन गर्दै यस्तो ब्यवस्था गरेको हो । हाल दैनिक २० किलो मात्र सुन आयात हुने ब्यवस्था थियो ।


ब्यवसायीहरुले चाडवाडको समयमा बजारमा कच्चा सुनको अभाव भएको भन्दै दैनिक ४० किलो सुन ल्याइु पर्ने माग गरेका थिए । त्यसक्रममा शुक्रबार मात्रै नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अर्थमनत्री रामेश्वर खनालसँग भेटगरी कच्चा सुन आयात बढाउन आग्रह गरेको थियो । भेटका क्रममा मन्त्री खनालले ब्यवसायीका मागहरु सम्वोधन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
तत् पश्चात तत्कालका लागि सुनको दैनिक कोटा २५ किलो गरिएको हो । यसलाई आवश्यकता अनुसार बृद्धिगर्न सकिने बताइएको छ ।

ब्यवसायीसँगको भेटकाक्रममा मन्त्री खनालले ब्यवसायीका समस्याका बारेमा आफू जानकार रहेको उल्लेख गर्दै छिट्टै यी समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । ‘तपाइँहरुको समस्या मैले बुझेको छु,’ उहाँले भन्नुभयो ‘आवश्यक प्रकृया मिलाएर यसलाई सम्वाधेन गर्न म पहल गर्नेछु ।’ सुनचाँदीका गरगहना जस्तो नेपालको जन्म देखि मृत्युसम्मको संस्कार र संस्कृतिसंग जोडिएको वस्तुलाई होटल र मदिरा जस्तो विलासिताको दर्जामा राखेर लगाइएको २ प्रतिशत थप कर आमउपभोक्तालाई थप भार भई सुनको बजार संकुचन हुँदै गएकोले यथासिघ्र विलासिता कर छुट हुनु पर्ने ब्यवसायीको मागलाई सम्बोधन गरी समस्याको समाधान गर्न म प्रयास गर्छु, ‘उहाँले भन्नुभयो ।

 

यसक्रममा मन्त्री खनालले ब्यवसायीहरुलाई अनिवार्यरुपमा गोएएमएलमा दर्ता गरिदिन आग्रह समेत गर्नुभयो । फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटिएफ० ले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिममा रहेको नेपाललाई निगरानी सूची ९ग्रे लिस्ट० मा राखेको छ । त्यसवाट छुटकारा पाउन सरकारले यस्तो आग्रह गरेको हो ।

यस्तै मन्त्री खनालले ब्यवसायीहरुलाई अनिवार्य रुपमा वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागमा दर्ता गराउनु पर्ने ब्यवस्था गर्न लागिएको पनि त्यस क्रममा जानकारी गराउनु भयो ।

त्यसअघि सुनचाँदीको मुल्य बिश्वब्यापीरुपमा बढीरहेको विद्यमान अवस्थामा भारतसँगको असमान भन्सार दर समान गर्न र सुनका गरगहनाको बिक्रिमा लगाइएको २ प्रतिशत विलाशिता कर छुटगर्न अध्यक्ष सराइलीले मन्त्री खनालसँग आग्रह गर्नुभयो । चाडवाडको समयमा कच्चा सुनको आपूर्ति पर्याप्तमात्रामा नभइरहेको जनाउँदै अध्यक्ष रसाइलीले दैनिक ४० किलोका दरले सिजर र अफ सिजनमा आधारमा बजारको माग र आवश्यकता अनुरुप मेल खानेगरी बार्षिक रुपमा सुन आयात गर्ने ब्यवस्था मिलाउन पनि मन्त्री खनालसँग आग्रह गर्नुभयो ।
‘हाल दैनिक २० किलोको दरले आयात भैरहेको सुनको कोटालाई बढाएर दैनिक ४० किलो कायम गरिनु पर्ने र त्यसैको आधारमा दैनिक ४० किलो × ३६५ दिन ९१वर्ष० गरी वर्ष भरीमा कुल १४ हजार ६ सय किलोमा नवढ्ने गरी बजारको माग र आवश्यकता अनुरुप हुने गरी
सिजन र अफ–सिजनका आधारमा सुन आयात गर्न पाउने ब्यवस्था मिलाइनु पर्दछस उहाँले भन्नुभयो ।

मन्त्री खनालसँगको भेटका क्रममा ब्यवायीहरुले सुनचाँदी ब्यवसायी राज्यको नीति निमय पालना गर्न प्रतिवद्ध रहेको उल्लेख गर्दै अनावश्यक, अब्वहारिक र झन्झटिलो नीति लागु नगर्न मनत्री खनालसँग आगूह गर्नुभयो । भेटका क्रममा महासंघका तर्फवाट प्रथप उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य, महासचिव किरणभाई बजाचार्य र महानिर्देशक शिव दुवाडी एवं काठमाडौं जिल्ला अध्यक्ष रोहिना शाक्यको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०८२ आश्विन २४, शुक्रबार ०८:३५

ताजा समाचार
  • खोज खबर बिसेष
    थप