लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

हिमाली भेडाको मोलमोलाइ, सुर्खेतमा प्रतिकिलो एक हजारसम्म मूल्य

सुर्खेत। हिन्दूहरूको महान् चाड दशैं नजिकिँदै गर्दा हिमाली भेडा बजारमा विशेष आकर्षण बनेका छन्। माग बढेसँगै व्यापारीहरूले कालीकोटको रास्कोटबाट भेडा सुर्खेतलगायतका सहरमा पुर्याएका छन् ।

सुर्खेतको रेडियो नेपाल चोकमा अहिले भेडाको मोलमोलाइ तातिएको छ। भेडा खरिदका लागि पुगेका चक्रबहादुर जिसीले माग दिनानुदिन बढ्दै गएको बताए। उनले भने, म रोजगारीको सिलसिलामा जुम्ला बस्छु । त्यहाँ प्रायः हिमाली भेडाको मासु खान पाइन्छ। यो स्वादिष्ट मात्र होइन, स्वास्थ्यका लागि पनि राम्रो हुन्छ।

हिमाली क्षेत्रमा चरेका भेडाले जडीबुटीसमेत सेवन गर्ने भएकाले यसको मासु स्वास्थ्यका लागि लाभदायी हुने विश्वास उपभोक्तामा रहेको छ। पछिल्ला वर्षहरूमा सुर्खेत, नेपालगञ्ज, धनगढी, दाङजस्ता सहरमा दशैंका लागि कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पाबाट भेडा पुर्याउने परम्परा बढ्दो छ।

हाल बजारमा जिउँदो भेडा प्रतिकिलो करिब ६०० रुपैयाँमा बेचिने गरेको छ भने काटिएको मासुको मूल्य १ हजार रुपैयाँ प्रतिकिलोसम्म पर्छ। मूल्य खसीबराबर भए पनि हिमाली भेडा धेरैको रोजाइमा पर्छ ।

यस्तै, हिमालका स्थानीयबासीबीच एउटा अनौठो विश्वास पनि प्रचलित छ । उनीहरूका अनुसार स्वास्थ्य अवस्था कमजोर हुँदा वा शरीरमा रगतको मात्रा घट्दा ताजा काटिएको भेडाको रगत सेवन गर्दा लाभ हुने गर्छ। जिउ काँप्ने, रिँगटा लाग्ने वा अशक्तता देखिएमा भेडा काटेर त्यसकै तातो रगत पिउने चलन अझै केही ठाउँमा देखिन्छ ।


प्रकाशित : २०८२ आश्विन १०, शुक्रबार ०३:५१

ताजा समाचार
  • खोज खबर बिसेष
    थप