लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दाङमा सुनचाँदी पसलमा गोली प्रहार घटना : महासंघको गम्भीर ध्यानाकर्षण

दाङ, दाङको घोराहीमा मंसिर २० गते सुनचाँदी पसल लुट्ने उद्देश्यले पुगेका व्यक्तिहरूले कर्मचारी सुमन सुनारमाथि गोली प्रहार गरेको घटनाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो क्रूरतापूर्ण आक्रमणले देशभरका सुनचाँदी व्यवसायीमा अत्यधिक त्रास फैलिएको बताएको छ।

घटनामा गम्भीर घाइते भएका कर्मचारी सुमन सुनारको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले रातदिन मेहनत गर्ने व्यवसायीहरूको सुरक्षामा सरकारले गम्भीर ध्यान नदिएको प्रश्न उठाएको छ।

महासंघले प्रेस विज्ञप्तिमा भनेको छ, “सुनचाँदी व्यवसायीमाथि भएको गोली प्रहार पेशा–व्यवसाय निर्विघ्न सञ्चालन गर्ने नागरिक अधिकारमाथिको प्रत्यक्ष हमला हो।” यस्तो अवस्थामा व्यवसाय सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको भन्दै संघले सरकार र सुरक्षा निकायलाई तत्काल ठोस कदम चाल्न आग्रह गरेको छ।

महासंघका महासचिव किरणभाइ बज्राचार्यद्वारा जारी विज्ञप्तिमा अपराधीहरूलाई शीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न, प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन र सुनचाँदी व्यवसायीहरूको सुरक्षामा सरकारले विश्वसनीयता कायम गर्नुपर्ने जोर दिएको छ।

महासंघले यस्ता घटनाले पुनः नदोहोरोस भनी उच्च जिम्मेवारीका साथ सुरक्षा व्यवस्था कडा बनाउन सरकारसँग माग गर्दै व्यवसायीहरूले डर–त्रास बिना आफ्नो व्यवसाय सञ्चालन गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ।


प्रकाशित : २०८२ मंसिर २१, आईतवार ०७:४०

ताजा समाचार
  • खोज खबर बिसेष
    थप