लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

अस्ट्रेलियामा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु

मेलबर्न । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको दुर्गम समुद्री तटमा पौडी खेल्ने क्रममा शार्कको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । अर्का एक पुरुष गम्भीर घाइते भएका छन् ।

२० वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको छ भने सोही उमेरका पुरुषलाई गम्भीर अवस्थामा अस्पताल लगिएको प्रहरीले बताएको छ । स्थानीय समयअनुसार बिहीबार बिहानै सिड्नीबाट ३०० किलोमिटर उत्तरमा रहेको क्राउडी बे राष्ट्रिय निकुञ्जको काइलीज तटमा प्यारामेडिक्सलाई बोलाइएको थियो ।

आक्रमण गर्ने शार्क ठुलो किसिमको बुल शार्क हुनसक्ने बताइएको छ । बुल शार्क ताजा पानी र नुनिलो पानी दुवै ठाउँमा भेटिन्छन् । यी शार्क मान्छेका लागि घातक हुने जनाइएको छ ।

यो शार्क तेस्रो सबैभन्दा घातक प्रजाति भएको इन्टरनेसनल शार्क अट्याक फाइलले देखाएको छ । उक्त घटनासँगै अहिलेका लागि सो समुद्री तट सर्वसाधारणका लागि बन्द गरिएको छ ।
त्यस आसपासको तट पनि अर्को २४ घण्टाका लागि बन्द गरिएको र सो क्षेत्रमा ड्रोनबाट निगरानी गरिने सर्फ लाइफ सेभिङ न्यु साउथ वेल्सले जनाएको छ । अस्ट्रेलियामा शार्कको यो पाँचौँ घातक आक्रमण हो ।


प्रकाशित : २०८२ मंसिर ११, बिहीबार ०५:४७

ताजा समाचार
  • खोज खबर बिसेष
    थप