लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

रामकलेवासँगै विवाह पञ्चमी महोत्सव आज समापन हुँदै

काठमाडौँ । त्रेता युगमा भएको भगवान् राम सीताको विवाहको सम्झनामा जनकपुरधामा मनाइने विवाह पञ्चमी महोत्सव आज समापन हुँदैछ । विवाह पञ्चमीको खास दिन मंगलबार स्वयम्बर र विवाह सम्पन्न भएपछि विवाह पञ्चमीको साताव्यापी कार्यक्रम सकिन लागेको हो ।

विवाह पञ्चमीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भारतबाट आएका पाहुनालाई आज बिदा गरेपछि विवाह पञ्चमी महोत्सव सकिनेछ । भारतबाट आएका पाहुनालाई बिदा गरिने कार्यलाई रामकलेवा भनिन्छ ।

मंसिर ४ गतेदेखि सुरु भएको विवाह पञ्चमी महोत्सवको पहिलो दिन दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँच दिन मटकोर र छैटौँ दिन विवाह पञ्चमी मनाइएको थियो ।

त्रेता युगमा मंसिर शुक्ल पक्षको पञ्चमी तिथिका दिन भगवान् राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी सीता–राम विवाह पञ्चमी महोत्सव भव्यताका साथ मनाइन्छ ।


प्रकाशित : २०८२ मंसिर १०, बुधबार ०४:१६

ताजा समाचार
  • खोज खबर बिसेष
    थप