रौतहट जिल्लाका विभिन्न पालिकाभित्र बिना दर्ता अवैध रूपमा सञ्चालनमा रहेका अस्पताल र क्लिनिकहरू तत्काल बन्द गरी कानूनी कारबाही गर्न नेपाल चिकित्सक संघ (NIM ) रौतहट शाखाले माग गरेको छ।

संघका अध्यक्ष डा। सुभाष कुमार चौधरी र सचिव डा। मनोज कुमार कौशल द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
“जिल्लाभित्रका धेरै स्वास्थ्य संस्था बिना दर्ता सञ्चालनमा रहेकाले स्वास्थ्य सेवाको गुणस्तरमा गम्भीर असर परेको छ। यसले जनस्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको छ, त्यसैले सम्बन्धित निकायले तुरुन्त अनुगमन गरी कारबाही गर्न जरुरी छ।”
संघले स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषय भएकाले यसमा लापरबाही र अनियमितता सह्य नहुने बताएको छ। साथै, जिल्ला प्रशासन कार्यालय रौतहटको ध्यानाकर्षण समेत गराउँदै तत्काल कदम चाल्न आग्रह गरेको छ।
नेपाल चिकित्सक संघ रौतहटले यसअघि पनि जिल्लामा स्वास्थ्य सेवा क्षेत्रलाई व्यवस्थित बनाउन सरकारी संयन्त्रको ध्यानाकर्षण गराउँदै आएको छ ।







समाचार