काठमाडौं । साताको कारोबारको छैठौ दिन शुक्रवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४२०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २३९२०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४२०० रुपैयाँले घटेर २३५००० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ३०८५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण स्वर्णिम आवाज डटकममा ‘अटो अपडेट’ हुन्छ । स्वर्णिम आवाज ‘ पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
प्रकाशित : २०८२ आश्विन २४, शुक्रबार ०५:४३






समाचार