लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

पदाधिकारीको सुविधा फिर्ता गर्ने सरकारी निर्णयसँगै पूर्व सभामुख घर्ती र महराले फर्काए संसदको गाडी

१३ असोज, काठमाडौं । पूर्वसभामुखद्धय ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयबाट लिएको गाडी सुविधा फिर्ता गरेका छन् ।

पूर्व सभामुखलाई मन्त्रिपरिषद्को निर्णयको आधारमा संसद् सचिवालयले गाडी सुविधा दिँदै आएको छ । गाडीका साथै आवश्यक इन्धन र सवारी चलाक सुविधा समेत प्राप्त गर्दै आएका छन् ।

तर, सरकारले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ ।

 

यही असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती तथा मितव्ययीता कायम गर्ने भनेर विभिन्न निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर अर्थ मन्त्रालयले सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको हो ।

त्यसपछि संघीय संसद् सचिवालयले पनि सेवानिवृत्त राजनीतिक पदाधिकारीसँग सम्पर्क गरेको थियो । त्यसपछि पूर्व सभामुख घर्ती र महराले गाडी सुविधा फिर्ता गरेका हुन् ।

संसद् सचिवालयका अनुसार उनीहरूले आइतबार गाडी फिर्ता गरेका हुन् ।

पूर्व सभामुख अग्निप्रसाद सापकोटा र तारानाथ रानाभाटले पनि गाडी फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् । ‘दशैं बिदा सुरु भइसकेकाले बिदा सकिने वित्तिकै गाडी फिर्ता गरिदिने प्रतिबद्धता आएको छ,’ संसद् सचिवालयको सवारी शाखाले भनेको छ ।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसा तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन् ।

संसद् सचिवालयको गाडी नियम विपरीत चढ्नेहरू अझै बाँकी रहेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको नेतृत्वको सचिवालयमा रहेका सहसचिवस्तरका व्यक्तिले समेत गाडी सुविधा लिइरहेका छन् । कानुन विपरीत लिएका ती गाडी पनि फिर्ता गराउनेबारे छलफल चलिरहेको छ ।


प्रकाशित : २०८२ आश्विन १३, सोमबार ०६:२५

ताजा समाचार
  • खोज खबर बिसेष
    थप