लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

शपथको समय सर्‍यो एक घन्टा, स्वास्थ्य मन्त्री अनिश्चित

 

                                मन्त्रीका लागि तयार गरिएको कुर्सीटेबल

६ असोज, काठमाडौं । अन्तरिम सरकारका केही मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाउने विषय भने अनिश्चित बनेको छ। पूर्वअतिरिक्त सचिव डा संगीता कौशल मिश्राका विषयमा विवाद बढेपछि ‘होल्ड’ गरिएको छ।

 

अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरुले भने ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।

तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको अख्तियारमा उजुरी रहेको, सचिव नबन्दा ६ महिना बिदामा बसेको र अनुभवको सर्टिफिकेट किर्ते गरेको आदि विवाद सतहमा आएपछि ‘होल्ड’ गरिएको हो।


प्रकाशित : २०८२ आश्विन ६, सोमबार ०९:०८

ताजा समाचार
  • खोज खबर बिसेष
    थप