
काठमाडौं – हालै भएको आगलागीबाट तहसनहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने भएको छ। मन्त्रालयको काम कारबाही अगाडि बढाउनका लागि डब्ल्यूएचओले आवश्यक प्राविधिक सहयोग गर्ने भएको हो।
यसअघि, डब्ल्यूएचओले जेन-जी आन्दोलनमा घाइते भएकाहरूको उपचार गरिरहेका सिभिल सर्भिस अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरलाई ३५ वटा ट्रमा ब्याग उपलब्ध गराएको थियो। प्रत्येक ट्रमा ब्यागमा बिरामीलाई सास फेर्न सहयोग गर्ने उपकरण, आईभी फ्लुइड, आवश्यक इन्जेक्सन, रक्तस्राव रोक्नका लागि ड्रेसिङ र ब्यान्डेज, आपत्कालीन शल्यक्रियाका लागि आवश्यक उपकरण, र स्वास्थ्यकर्मीहरूको सुरक्षा सामग्री लगायतका जीवनरक्षक सामग्रीहरू रहेका छन्।
यी सामग्रीहरूले स्वास्थ्यकर्मीहरूलाई घाइतेहरूको अवस्था स्थिर राख्न र प्रभावकारी उपचार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।






समाचार