लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

चन्द्रोदय साकोसको ऐतिहासिक वृत्तचित्र २०८२

गाँउ गाँउमा सहकारी घर घरमा रोजगारी भन्ने राज्यको मुल ध्ययअनुसार सुरु गरिएको चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडको यात्रा सुरु हुन्छ । पूर्वमा बाग्मती नदी र पश्चिममा धन्सार खोला, उत्तरमा चुरे लेक र अनि मकवानपुरको सामिप्यता तथा दक्षिणमा वृन्दावन, गुजरा र गरुडा नगरपालिका विचमा मुटुमा रहेको चन्द्रनिगाहपुरको वडा नं १ मा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेड यहाँको सहकार्य, सहअस्तित्व, समान कार्यको अर्को नमुना हो । चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडले यहाँको समुदायको लागि सामाजिक र आर्थिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयास अतुलनिय छ । साविकको तिन वटा गाविसहरु चन्द्रनिगाहपुर सन्तपुर र डुमरिया भित्र समान उद्देश्य भएका समस्याहरुको आर्थिक तथा सामाजिक क्रियाकलापलाई उच्च उन्नति तर्फ लैजान यसको उदय भएको हो । कोही कसै प्रति पर निर्भर नभइ छरिएर रहेका पूँजीलाई बचतको माध्यमबाट एकीकृत गरी वित्तिय आवश्यकता पुरा गर्नको साथै सामाजिक क्रियाकलाप द्वारा समाज उत्थानमा सह‌योग पुरयाउने उद्देश्यले २०६५÷११÷१५ विधीवत रुपमा चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडको जन्ममा भएको हो । जन स्तरमा सहकारी प्रतिको बढ्दो लोक प्रियता राज्यको अर्थतन्त्रको तिन खम्बा मध्ये सहकारीलाई एक खम्बाको रुपमा स्वीकारी रहेको कुरा सवंविदितै छ । वित्तिय कारोवार गर्ने क देखि म श्रेणीका बै‌ङ्कहरु‌को बिचमा राज्यले सर्वश्रेष्ठ अर्थको ढुकुटी सहकारीलाई ठम्याई रहेको छ । ३५ जना शेयर सदस्यबाट सुरु गरिएको यसको कुल लागत रु. १७५०००। एकलाख पचहतर हजार थियो । औंसीको रात छिचोलेर चन्द्रोय भए जस्तै चन्द्रोदय बचत तथा ऋण सहकारी सस्था लिमिटेडले पनि यहाँको अन्धकारलाई अटाउदै गयो । बिस्तार बिस्तारै चन्द्रोदयले चपुर बजार क्षेत्रमा आफ्‌नो गाहकहरुलाई चन्द्रोदय प्रति विश्वास दिलाउदै गयो । संस्थाका दैनिक बचत कर्ता तथा शेयर सदस्यहरु क्रमश थपिदै गए र संस्थाको दैनिक बचत कर्ता तथा सदस्य संस्थामा उल्लेखनिय वृद्धि भय पश्चात शेयर पूजिमा क्रमिक रुपमा वृद्धि हुदै गयो । संस्थाले सामाजिक सुरक्षाका नविनतम कामहरुको माध्यमवाट समाजमा छुटै पहिचान र छवि बनाएको छ । सदस्यहरुलाई बितिय र गैर वितिय सेवाका माध्यमबाट उनिहरुको आर्थिका, समाजिक र संस्कृक्तिक विकासमा टेवा पुर्याउने हुने आफ्‌ना सेवा तथा कार्यक्रमहरुलाई मधेश प्रदेश स्तरमा आफ्‌नो अलग अस्तित्व र साख स्थापित गर्न सफल भएको छ ।

हेर्नुहोस चन्द्रोदय साकोसको ऐतिहासिक वृत्तचित्र २०८२ ||CHANDRODAYA OFFICIAL DOCUMENTARY ||


प्रकाशित : २०८२ आश्विन ६, सोमबार १६:१७

ताजा समाचार
  • खोज खबर बिसेष
    थप