लोकप्रिय खबर

विश्वबजारमा किन बढ्दै छ सुनको भाउ, नेपालमा कतिसम्म पुग्ला ?

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना

कर्णालीमा इन्टरनेट र फोन सेवा भरपर्दो नभएको उपभोक्ताको गुनासो

देउडा गाउँदै डडेल्धुरामा मनाइयाे धान दिवस (फोटोफिचर)

मेसिनबाट धान राेप्दै एमाले अध्यक्ष ओलीले मनाए धान दिवस (फाेटाेफिचर)

कर्णालीमा २८ प्रतिशत धान रोपाइँ

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

सुर्खेत, १५ असार

बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानीय तहले आआफ्नो पालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी मनाएका छन् ।

यस्तै महाबु गाउँपालिका, भैरवी गाउँपालिका लगायतका गाउँपालिकाहरूले समेत आआफ्नो पालिकामा दिवस मनाएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयले पनि नारायण नगरपालिका वडा नम्बर ४ मा कार्यक्रम आयोजना गरेको थियो । धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद रवीन्द्रराज शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायतको सहभागिता थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar


प्रकाशित : २०७९ असार १५, बुधबार २१:१०

ताजा समाचार
  • खोज खबर बिसेष
    थप